|नक्सा- Khotang_district_location
|जिल्लाको नाम= खोटाङ जिल्ला
|अञ्चल = सगरमाथा अञ्चल
|सदरमुकाम = दिक्तेल,
|क्षेत्रफल = १,५९१
|जनसंख्या =
|गाविस= ७६
|नगरपालिका =
|निर्वाचन क्षेत्र = २
|अवस्थिति = पहाड
|अग्लो उचाई =
|होंच उचाई =
|जनजातीहरू =
|भाषाहरू =
|टेलिफोन कोड = ०३६
=शिर्षक अक्षर=
'''खोटाङ''' [नेपाल] को एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडमा पर्दछ।
=जिल्लाको ईतिहास=
एकिकरण गरी बृहद नेपाल बनाउनुपूर्व दुधकोशी देखि अरुण सम्मको किराँतीहरुको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध यो भू-भागको मुख्य प्रशासन चौदण्डीगढीका सेन वंशी राजाबाट संचालित थियो भने पहाड स-साना गढी र थुमहरुमा किराँती राजाहरुले राज्य गर्दथे । चौदण्डीगढीका सेन राजाकै शासनकालमा खोटाङ्गमा राईलाई स्वशासन दिएका थिए । विभिन्न समयमा किराँती राजा र सेन राजाको विच मतभेद र कलह भइरहने कारणबाट फाइदा उठाइ [पृथ्वीनारायण शाह]ले नेपालको एकिकरणको पछिल्लो समयमा यो क्षेत्र माथि विजय गरेका थिए ।
राणाकालिन समयमा नेपाललाई ३५ जिल्लामा विभाजन गरीएको थियो । यस समयमा हालको खोटाङ्गको विच भागमा पर्ने साप्सु खोलाको सिमाना बनाइ पूर्व ३ नम्वर र पूर्व ४ नम्वर क्षेत्रको ओखलढुङ्गा र भोजपुर गौडाले शासन गर्दथ्यो । स्थानीय तहमा भने मझुवा, आमचोक, खोटाङ्ग, छुलुवार, सावा, दिप्लुङ, चुइचुम्मा, रतन्छा, खाम्तेल, हलेशी र रावाथुम प्रशासनिक एकाई कायम थियो । विशाल क्षेत्र भएकोले साप्सु दक्षिणमा खोटाङ्ग इलाका अदालत र ऐशेलुखर्क इलाका अदालत स्थापना गरी न्याय प्रशासनका अतिरिक्त जग्गा रजिस्ट्रेशन गर्ने काम पनि गर्न थालियो ।
वि.सं. २०१७ सालमा पंचायती व्यवस्थाको शुरुवात भएपछि नेपालको संविधान २०१९ बमोजिम नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिए पछि तत्कालिन खोटाङ्गद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने र रावापारिका क्षेत्र सोलुखुम्बुले हेर्ने र बाँकी क्षेत्र खोटाङ्गले हेर्नेगरी खोटाङ्गबजारलाई सदरमुकाम बनाएर खोटाङ्ग जिल्ला पनि एक जिल्ला कायम गरियो । त्यसबेला यस जिल्लाको मध्य भागबाट बहने साप्सुखोला देखि उत्तरतर्फ २३ गाउँ पञ्चायत र दक्षिणतर्फ २२ गाउँ पञ्चायत रहेका थिए । तत्कालिन संविधान बमोजिम एक गाउँ पाचायतबाट एक जना जिल्ला सभा सदस्य चुनिन पाउने कानुनी प्राबधान भएकोले जिल्ला सभामा स्वतहः साप्सु उत्तरको बहुमत रह्यो । तत्कालिन पहिलो जिल्ला सभाको बैठकले नै खोटाङ्गमा रहेको सरकारी अड्डा अदालत दिक्तेलमा स्थानान्तरण गर्न सरकारसँग माग गर्न बहुमतले निर्णय गर्र्यो । खोटाङ्गमा रहेको जिल्ला पञ्चायत र शिक्षा प्रशासन हेर्ने काम वि.सं. २०२० सालमा दिक्तेलमा सारी विधिवत रुपमा खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलमा सारियो । २०२२ सालमा तत्कालिन सरकारले खोटाङ्ग अदालत दिक्तेलमा र ऐशेलुखर्क अदालत सोलुसल्लेरीमा सार्ने निर्णय गर् यो भने तत्पश्चात खोलिएका कार्यालयहरु क्रमशः दिक्तेलमा नै स्थापना भएका हुन् ।
नेपालको संविधान तेस्रो संसोधन २०३२ ले खोटाङ्गको सिमाना पुनः हेरफेर गरी भोजपुर जिल्लाका वोपुङ, भाज्याङ्गखर्क, काहुले तथा सोलु जिल्लाको बाकाचोल, पारा, जलेश्वरी, महेश्वरी, धारापानी, डुम्रे, दुवे, माक्पा, बाङ्गदेल, राखा, ऐंशेलुखर्क, बादेल, दिप्सुङ, लगायत पन्ध्र गाउँ पञ्चायत खोटाङ्गमा गाभिन गई हालको क्षेत्र तथा सिमाना कायम हुन गएको हो । यसरी बिस्तार भएको क्षेत्र नै हालसम्मको खोटाङ्ग जिल्ला रहेको छ ।
=जिल्लाको नामाकरण=
कुनै समय यो भू-भाग किराँती राजा "खोटे" द्वारा शासित कोटको रुपमा थियो र उनकै नामबाट खोटाङ्गकोट हुदै "खोटाङ्ग" नाम रहन गएको किम्वदन्ती छ । अर्को एक जनश्रुती अनुशार हाल खोटाङ्गवजार रहेको स्थान वरपर प्रशस्त खोटे सल्लाहरु पाइनेहुनाले यस क्षेत्रलाई खुटा भन्न थालियो यस क्षेत्रले त्यसबेला हालको खुटा भन्ने स्थान मात्र नभएर अरु वढी क्षेत्र ओगटेको थियो । यस क्षेत्रमा त्यसवेला "हाङ्ग" नाम गरेका प्रतापी राजा राज्य गर्दथे । उनकै नामवबाट पछि "खुटाका हाङ्ग" राजा भन्दै "खुटाहाङ्ग" र अन्त्यमा "खोटाङ्ग" शव्दको उत्पति भई यस जिल्लाको नाम "खोटाङ्ग" रहन गएको भन्ने भनाइ पनि रहेको छ ।
==भौगोलिक अबस्थिती==
*अक्षांस — २६० ५०’ देखि २७० २८’ उत्तर
*देशान्तर — ८६० २६’ देखि ८६० ५९’ पूर्व
*औसत उचाई १५२ मीटर देखि ३६२० मीटर सम्म
==हावापानी==
*औसत हावापानी ः– ठण्डा शितोष्ण र समशितोष्ण
*औसत तापक्रम ः– अधिक्तम ३० देखि न्युनतम ५ सम्म
*वार्षिक बर्षा:- १४८ मि.मी. (सदरमुकाममा )
==केही महत्वपूर्ण डाँडाकाँडा==
मैंयु २०४६ मी., टयम्के ३००५ मी, मेरुङ्ग ३३४३ मी.
सदरमुकाम=दिक्तेल,
सिमाना=
पुर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर,
==राजनीतीक बिभाजन=
*निर्वाचन क्षेत्र संख्या:- २
*इलाका:- १३
*गा.वि.स.:- ७६
=प्रमुख पर्यटकिय स्थल=
यस जिल्लाका मुख्य पर्यटकिय स्थलहरुमा बराहापोखरी,हलेसी महादेवस्थान,ट्याम्केडाँडा र सेल्मेडाँडा, साप्सु , आदी पर्दछन ।
=प्रमुख ताल/ पोखरी=
यस जिल्लाका प्रमुख ताल/ पोखरीमा बराहपोखरी,छिता पोखरी र इन्द्रेणीपोखरी मुख्य हुन् ।
==प्रमुख व्यापारिक महत्वका स्थान==
यस जिल्लाका प्रमुख व्यापारिक स्थानहरुमा दिक्तेलबजार,ऐंसेलुखर्क,वाक्सिला मानेभञ्याङ्ग,स्यलगौडे,चिसापानी,सिमपानी ,रतन्छा र खोटाङ्गबजार मुख्य हुन् ।
=प्रमुख कोशी / खोला,
दुधकोशी, सुनकोशी, रावाखोला, सावाखोला, साप्सुखोला प्रमुख नदि अतिरिक्त जिल्ला भित्र बग्ने अन्य स–सानाखोला तावाखोला,टुवाखोला,मेवाखोला, तापखोला,लैकुखोला,बुवाखोला,भानुमतीगंगा ,छेपेखोला आदी रहेका छन ।